Loading... आजः २०८२ माघ २०, सोमबार

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई आयोगकाे सुझाव पेस

काठमाडौ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकै दिन निर्वाचन गर्नेसहितकाे ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ।