एमाले केन्द्रीय सचिवालयको बैठक सुरु
काठमाडौ – नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न सो पार्टीको सचिवालय बैठक सुरु भएको हो ।
भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ
परिवर्तन संवाददाता
१९ माघ २०७८, बुधबार १५:४७