स्थानीय तहकाे निर्वाचन बारे प्रधानमन्त्री देउवा लाई अनेरास्ववियुकाे ध्यानाकर्षण
आज बिहान संगठनकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा बिहान साढे ८ बजे निर्वाचन आयोगको कार्यालयबाट आयोगको पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्रीलाई पत्र बुझाएको हो। पत्र प्रधानमन्त्री कार्यालयका उपचसचिव जनकराज भट्टलाई बुझाइएको हो।
स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई दबाब दिन एमालेले आफ्ना भ्रातृ संगठनलाई निर्देशन दिएसँगै एमाले आवद्ध विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन थालेको हो। निर्वाचन आयोगले जेठ चार गते स्थानीय तहको निर्वाचन तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ। दबाब स्वरुप उनीहरु त्यहाँ पुगेका थिए


काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।






परिवर्तन संवाददाता
२० माघ २०७८, बिहीबार १२:१४