Loading... आजः २०८३ जेष्ठ २३, शनिबार

काे हुन् कर्णाली प्रदेशका नवनियुत्त कानूनी मन्त्री शाही?

 

सुर्खेत- कर्णाली प्रदेशका नवनियुत्त आन्तरिक मामिला तथा कानूनी मन्त्री हिमबहादुर शाही नेपाली कांग्रेस संसदीय दलका सचेतक हुन्। २००६ साल भदौ २६ गते आमा पार्वती र बुवा मानबहादुर शाहीबाट दैलेखको चामुण्डा विद्रासैनी नगरपालिका–४ रानीढुङ्गामा उनको जन्म भएको हो।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाइ भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका उनी १४ वर्षसम्म भूमिगत भए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत भए। विभिन्‍न समयमा गरी ९ पटक गिरफ्तार परेका उनी २०४६ सालको जनआन्दोलनमा ५१ दिन हिरासत बसेका छन्। नेपाली रैबार बाट