Loading... आजः २०८३ जेष्ठ २३, शनिबार

चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गयो

रुकुम पश्चिम – चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताएका छन ।

आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला परेको शर्माको भनाई ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।