Loading... आजः २०८१ बैशाख ४, मंगलवार

कोरोना परीक्षणको नतिजा अब १२ मिनेटमै !

स्कटल्याण्ड : स्कटिस सरकारले एक विशेष प्रकारको टेस्टिङ कीट प्रयोग गरी कोरोनाभाइरस परीक्षणको नतिजा १२ मिनेटमै सार्वजनिक गर्न सकिने जनाएको छ ।

यहाँको स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेपछि यो सुविधा सम्भव भएको जनाएको हो । यसका लागि सरकारले ३ सय र्‍यापिड टेस्टिङ मेसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्ने भएको छ ।

यो कोरोना परीक्षणमा प्रयोग हुने मेसिन सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने र सानो क्लिनिक र मोबाइल अस्पतालमा प्रयोग गर्न सकिने बताइएको छ।

स्कटिस सरकारका मन्त्रीहरुका अनुसार लुमिराडिएक्ससँग भएको सम्झौता अनुरुप स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिइनेछ । बीबीसीका अनुसार टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइसमा विशेष प्रकारको स्ट्रिपको प्रयोग हुने र जुन स्कटल्याण्डमै बन्‍नेछ ।