Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

बलिउड अभिनेत्री अनुष्का आमा बन्‍दै

नयाँदिल्ली : बलिउडको आकर्षक जोडीको रुपमा चिनिने विराट कोहली र अनुष्का शर्मा छिट्टै बाबु–आमा बन्दैछन् ।

उनीहरुले यही बिहीबार ट्वीटर मार्फत अनुष्का गर्भवती बनेको सूचना सार्वजनिक गरेका थिए । ‘अन्ततः हामी तीन हुँदैछौँ ! जनवरी २०२१ मा आगमन हुँदैछ,’ अनुष्का र विराट दुबैले लभ सिम्बोल सहित यही स्टाटस ट्वीटरमा राखेका थिए ।

विराट र अनुष्काको नयाँ घोषणासँगै उनीहरुलाई धेरैले बधाइ दिन थालेका छन् । यो जोडीलाई पहिलो सन्तान पाउन लागेकोमा धेरै फिल्मकर्मी, खेलाडी र प्रशंसकले बधाइ दिएका हुन् ।

कतिपयले त छोरा वा छोरी अनुसार नाम समेत सुझाएका छन् । विराट र अनुष्काले उनी गर्भवती बनेको संकेत देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि धेरैले त्यसलाई शेयर गर्न थालेका छन् ।