प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन चैतमा

काठमाडौं – प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ।
काठमाडौमा बसेको सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। सङ्घका सचिव डाक्टर विष्णु पोखरेलका अनुसार क्याम्पस एकाइ अधिवेशन फागुन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ।
त्यसैगरी चैत्र ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको रसिद सहितको नामावली र शुल्क केन्द्रीय कार्यालयमा पठाउनु पर्ने उनले बताए।
पटक पटक स्थगित हुदै सर्दै आइरहेको महाधिवेशन अहिले भने हुने सुनिश्चित भएको छ। महाधिवेशन विधानको तोकिएको समयावधिभन्दा धेरै ढिला गरी हुन लागेको हो।








परिवर्तन संवाददाता
१० फाल्गुन २०७८, मंगलवार ०९:४५