Loading... आजः २०८२ माघ २१, मंगलवार

एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन

 

काठमाडौं – प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना ९एमसीसी०सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार निवेदन दिईएका हुन । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज मंगलबार टुंगो लाग्नेछ ।

भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा नपर्ने जिकीर गर्दै त्यसलाई सन्धिको मान्यता दिन नहुने आदेशका लागि रीट हालेका हुन।

प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानून, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रीटमा विपक्षी बनाइएको छ ।