Loading... आजः २०८२ माघ २१, मंगलवार

युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।

उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।

टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनमा कठपुतली शासन रहेको र युक्रेन अमेरिकी उपनिवेश बनेको आरोप लगाएका छन्। युक्रेन एक असल राष्ट्र भएको कुनै इतिहास नरहेको र आधुनिक युक्रेनको स्वरूप रुसले बनाइदिएको उनले दाबी गरेका छन्।

युक्रेन नेटोको सदस्य बन्न लागेकामा उनले चर्को आलोचना गरे। र, त्यो आफ्नो राष्ट्रिय सुरक्षा भएको पुटिनको ठम्याइ छ। नेटोले रुसको सुरक्षा चिन्तालाई उपेक्षा गरेको समेत आरोप लगाए।

पुटिनले विद्रोहीहरूको कब्जा रहेको क्षेत्रमा आक्रमण बन्द गर्न युक्रेनलाई चेतावनी दिए। र, बन्द नभए अनपेक्षित परिणाम भोग्नुपर्ने बताए।

सम्बोधनलगत्तै पुटिनले पूर्वी युक्रेनका विद्रोहीहरूलाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन्।