वीरेन्द्रनगरको लाटीकोईलीमा अवैध काठ फेला

सुर्खेत- वीरेन्द्रनगरको लाटीकोईलीमा अवैध काठ फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका-९ शिबमन्दिर लाटिकोईली खोलाको किनारबाट प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
आज बिहान साढे चार बजेको समयमा प्रहरीको गस्ति टोलीले सालको चिरान काठ र (नाप जाँच नगरेको) १० वटा कडी फेला पारी लाटिकोईली प्रहरी बिटमा राखिएको हाे । भने अवैध काठ ईलाका बन कार्यलाई बुझाउने पहल भैरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।








परिवर्तन संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार ०७:५४