टी-२० वरीयतामा कुशल र सन्दीपको छलाङ

काठमाडौं – नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी टी-२० ब्याटिङ वरीयतामा ९ स्थान सुधार गर्दै नेपाली खेलाडीको अहिलेसम्कै शीर्ष वरीयतामा पुगेका छन्। उनी नयाँ वरीयताअनुसार ३९औँ स्थानमा पुगेका छन्।
ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए। यता, दीपेन्द्र सिंह ऐरीले पनि वरीयतामा ३ स्थान सुधार गर्दै ५० औं स्थानमा उक्लिएका छन्।
बलिङतर्फ सन्दीप लामिछानेले पनि छलाङ मारेका छन्।सन्दीप वरीयताको ४३ औं स्थानमा आइपुगेका छन्। उनी १६ स्थानमाथि उक्लिएका हुन्। त्यसैगरी, अविनाश बोहराले १२ स्थान सुधार गर्दै ८६औँ स्थानमा आइपुगेका छन्।










परिवर्तन संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार ०८:१२