Loading... आजः २०८२ माघ १७, शुक्रबार

भेरी पुल अलपत्र

कुदु, जाजरकोट — निर्माण कम्पनीको लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको कोरोनाको कारण डेढ वर्षअघि मृत्यु भएपछि पुल निर्माणको काम रोकिएको हो ।