Loading... आजः २०८२ माघ १७, शुक्रबार

कांग्रेस-एमाले दोस्रो चरणको छलफल जारी

काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल सुरू भएको छ।

प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीबार साँझ बालुवाटार पुगेका हुन्। सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेट निर्णायक हुने आँकलन गरिएको छ। यसअघि बानेश्वरस्थित संसद् भवनमा एमाले र कांग्रेसका नेताहरूबीच पहिलो चरणको छलफल आजै दिउँसाे भएको थियो।

एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेपछि देउवाले एमालेको साथ खोजेका छन्। देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ। एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ। एमसीसीकै कारण पाँच दलीय गठबन्धन नै टुट्ने सम्भावना बढेको छ।