कर्णाली सरकारकाे सामाजिक सल्लाहकारमा ढकाल नियुक्त

सुर्खेत- कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सामाजिक सल्लाहकारमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।
भारतको श्री सत्यशाही यूनिभर्सिर्टी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका ढकालले अंग्रेजी र नेपालीबाट मास्टर गरेका छन् । उनकाे स्थाइ घर सुर्खेत गुर्भाकोट नगरपालिका-२ हाे।
सल्लाहकारमा नियुक्त ढकालले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन् । लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेका ढकालसंग विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । भारतबाट शिक्षा विषयमा विद्यावारिधी गरेका ढकाल पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।









परिवर्तन संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार ०९:४३