प्रतिसोध नराखि जनताकाे सम्बृद्धिमा केन्द्रित हुन मन्त्री शाहिकाे आग्रह
दैलेख –नेपाली कांग्रेसले कुनै पनि पार्टि संग प्रतिसाेध नराखि जनताकाे सम्बृद्धिमा केन्द्रित हुन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पार्टी निकट नेता तथा कार्यकर्ता हरुलाई अनुराेध गरेका छन ।
आज शुक्रबार नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेख द्वारा आयाेजित कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शाहीले नेपाली कांग्रेसले कुनै पनि पार्टि संग प्रतिसाेध नराखी जनता र कांग्रेसकाे सत्रुकाे रुपमा रहेकाे गरिवी , वेराेजगारी , अशिक्षा , स्वास्थ्य लगाएत समस्याको अन्त्यगरी समुन्नत प्रदेश निर्माणमा कर्णाली सरकार प्रतिवद्व रहेकाे बताएका छन ।
मन्त्री शाहीले नेपालमा कम्युनिस्टहरु भ्रमकाे खेति गर्ने र देशमा अस्थिरता निम्ताउने चलखेलमा लागेकाे आराेप लगाउनु भयाे । मन्त्री शाहीले यतिखेर देशमा हरेक तत्वहरु सलवलाइ रहेकाे हुंदा यस्ताे अवश्थामा जनता चनाखो र सजक रहनु पर्ने बताए।
यसैगरी मन्त्री शाहीले समृद्ध नेपाल निर्माण का लागि आगामी चुनावमा नेपाली कांग्रेसको निष्ठा रआस्थालाई आत्मसाथ गर्दै हरेक जनताकाे घरघरमा पुग्न र अागामि चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउन संगठन विस्तारमा ध्यान केन्द्रीकृत गर्ननेताकार्यकर्तालाई निर्देशन दिएका छन ।
यस्तै साेहि कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समिति सदस्य भक्तिप्रसाद उपाध्यायले अधिवेशनमा देखिएका तिक्ततालाई अन्त्य गर्दै सम्पूर्ण नेता कार्यकर्ता एक जुट हुन आग्रह गरेका छन ।
कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका उपसभापति रिता शाही सचिव नारायण रेग्मी , क्षेत्र नं. २ का क्षेत्रीय सभापति भरत प्रसाद रिजाल , महाधिवेशन प्रतिनिधि मधुर बिक्रम खनाल , प्रदेस सभा २ “क”का सभापति टंक रिमाल लगाएत नेताहरुले अागामि दिनमा पार्टि लाई एक ढिक्का बनाई आगामी चुनावमा काे सफलता तर्फ केन्द्रित हुन अनुराेध गरेका छन
यस्तै कार्यक्रममा नेकपा एमाले र नेकपा माअेावादी केन्द्र पार्टि परित्याग गरि ४२ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुले नेपाली कांग्रेस बाहेकका दलहरुले गरिव तथा दुखि जनतालाई झुटकाे खेति गर्दै अाफ्नाे स्वार्थ लुट्ने गरेकाे आराेप लगाएका मन्त्री शाहिका सञ्चार विज्ञ निरक शाहिले परिवर्तन दैनिक लाई जानकारी दिईएका छन ।









परिवर्तन संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार १८:५०