Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

दैलेख प्रहरी द्धारा लागुऔषध नियन्त्रण तथा रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

आज (शनिवार) कार्यक्रममा नगरपालिकाकी उप(प्रमुख सावित्री मल्ल को अध्यक्षतामा स्वास्थ्यकर्मी ,शिक्षक ,उद्योगी ,ब्यापारी ,राजनितिक दलका प्रतिनिधि, लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा संचालन गरीएको थियो ।

समुदाय प्रहरी(साझेदारी )कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण तथा रोकथाम युवा युवतिहरुको व्यवहार परिवर्तन, व्यवस्थापन तथा धुम्रपान,मद्यपान र लागुऔषधबाट बचावट, नियन्त्रण सम्बन्धि जनचेतनामुलक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्याक्रम नारायण नगरपालिका १ स्थित सभाहलमा जिल्ला सम्पन्न भएको र प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले आयोजकको तर्फबाट विशेष प्रस्तुतिकरण दिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।