सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा

काठमाडौं – सत्ता गठबन्धनको बैठकले एमसिसी आजैको संसद् बैठकबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। एमसिसीको विरोध तथा समर्थन गर्ने विभिन्न राजनीतिक दलहरू तथा प्रदर्शनकारीबाट हुने सम्भावित झडपलाई रोक्न ठूलो मात्रमा नेपाल प्रहरी र सशस्त्रलाई तैनाथ गरिएको छ।
त्यसैगरी, झडप र घाइते भएमा प्राथमिक उपचारका लागि रेडक्रसका गाडी र स्वास्थ्यकर्मीसमेत तयारी अवस्थामा राखिएको छ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक टिप्पणीससहित एमसिसी पास गर्ने सहमति गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।








परिवर्तन संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १२:४२