Loading... आजः २०८२ माघ २१, मंगलवार

रूसविरुद्ध अन्तरराष्ट्रिय अदालत गयो युक्रेन

उजुरीमा रूसले युद्धको बहानामा निर्दोष नागरिकमाथि नरसंहार गरेको बताइएको छ। युक्रेनले अदालतसँग रूसको सैन्य कारबाही रोक्ने आदेश र सजाय दिनुपर्ने माग गरेको छ। रूसविरुद्धको यो उजुरीमा अर्को साता सुनुवाइ हुने बताइएको छ।

संयुक्त राष्ट्रसंघद्वारा थप सहयोगको वाचा

संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको फोनवार्तामा युक्रेनी जनतालाई थप मानवीय सहायता उपलब्ध गराउने वाचा गरेका छन्। महासचिवले युक्रेनका जनतालाई मानवीय सहायता बढाउन संयुक्त राष्ट्रसंघको संकल्प राष्ट्रपतिसँग प्रतिबद्धता व्यक्त गरे।