Loading... आजः २०८१ बैशाख ४, मंगलवार

न्युजिल्याण्डकी प्रधानमन्त्रीले आफ्नो लागि आफैँ बनाइन् मास्क !

न्युजिल्याण्ड : न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्दा अर्डेनले आफ्नो लागि आफैँ मास्क तयार गरेको बताएकी छन् ।

आगामी सातादेखि देशभर मास्क अनिवार्य गरिएसँगै उनले आफ्ना लागि आफैँ मास्क तयार गरेको बताएकी हुन् । विश्वभर कोरोनाभाइरसको महामारीले विकराल रुप लिइरहँदा ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा भने समुदायमा अझै फैलन पाएको छैन ।

प्रधानमन्त्री अर्डेनले फेसबुक मार्फत पनि कोरोनाभाइरसको संक्रमण रोक्न आफ्नो लागि मास्क बनाएको बताएकी थिइन् । ‘हामीले कुरा गरेकोमध्ये एउटा कुरा अनुहार छोप्ने थियो । र कसरी आफ्नै घरमा बनाउने ?’ अर्डेनले भनिन् ।

उनले आफ्नै घरमा बनाएको भनिएको घरेलु मास्क रातो रंगको छ । जुन उनले पहिलो पटक बुनेको बताएकी छन् । यही शुक्रबार मात्र्र न्युजिल्याण्डमा जम्मा पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साथै विदेशबाट आएका सात क्वारेन्टाइनमा पठाइए । देशभर हालसम्म १ हजा र ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २२ जनाको मृत्यु भएको छ । कोरोनालाई व्यवस्थित रुपमा नियन्त्रण गर्न सकिएको देशमध्ये न्युजिल्याण्ड एक हो ।