Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

राष्ट्रसंघको महासभामा रुसविरुद्ध नेपालको मतदान

काठमाडौं –  संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ। युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा उभिएको हो।

संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै युक्रेनको पक्षमा उभिने निर्णय गरेका हुन्। ​ नेपाल शान्तिको पक्षमा रहेको र युक्रेनमा शान्ति स्थापना होस भन्नेमा नेपालको चाहना रहेको समेत राईले महासभामा बताए। उनले रुस र युक्रेनबीचको दोस्रो चरणको वार्ता हुन लागेकोमा खुसी व्यक्त समेत गरे।

प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका हुन्। पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन्।  रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले भोट हालेका थिए।

योसँगै महासभाले रुसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ।

१ सय ९३  राष्ट्र राष्ट्रसंघमा सदस्य छन्।  यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो।

यस्तै राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए।  नेपा सुरक्षा परिषद्‍मा छैन।