कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी
धनगढी -नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।
भट्ट १ हजार ३ सय ५९ मत ल्याउँदै विजयी भएका हुन्। बमले १ हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो। आजको मतदानमा २ हजार ४ सय ६७ मत खसेको थियो।
पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले १ हजार १ सय ६९ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए।
पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो। दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो। भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका थिए।
परिवर्तन संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार १९:४०