Loading... आजः २०८० आश्विन ५, शुक्रबार

पश्चिम कमाण्ड युनिटी दाैडकाे उपाधी शाहीले जिते

सुर्खेत –  नेपाली सेनाले आयाेजना गरेकाे ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ अन्तरगतको ‘हाल्फ म्याराथुन’मा रेशमबहादुर शाही विजयी भएका छन् । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारले आयोजना गरेको प्रतियोगितामा २१ किलोमिटर दौडमा शाही प्रथम भएका हुन् । शाहीले एक घण्टा १५ मिनेट १० सेकेण्डमा दुरी पार गरेर विजयी भएका हुन् ।

शाहीसहित २१ किलोमिटर दौडमा नारायण शाही द्वितिय र पंखबहादुर शाही तृतिय स्थान हासिल गरेको प्रमुख सेनानी चन्द्र शेखर काप्रीले जानकारी दिए । उनकानुसार १० किलोमिटर पुरुषतर्फको दौडमा प्रेमबहादुर विष्ट प्रथम, विपिन जैसी द्वितिय र देवा ओली तृतिय भएका छन् ।

यसैगरी, पाँच किलोमिटर पुरुषतर्फ प्रजन थापा प्रथम, प्रकाश बुढा द्वितिय र जनक बोहोरा तृतिय भएका छन् । दौड प्रतियोगितामा १५ सय जनाले सहभागीता जनाएको हेडक्वाटरका प्रमुख सेनानी संजीव भण्डारीले जानकारी दिए । जसमध्ये चार सय महिलाकाे सहभागिता थियो ।

दौडबाट प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई पुरस्कार वितरण गरिएको थियो । २१ किलोमिटर (हाल्फ म्याराथुन)मा प्रथम, द्वितिय र तृतियलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ दिइएको प्रमुख सेनानी भण्डारीले बताए ।

प्रमुख सेनानी भण्डारीका अनुसार १० किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार र पाँच किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः १० हजार सात हजार र पाँच हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।

साथै, सो आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो भने दौडमा स्थान हासिल गर्ने प्रतियोगीलाई कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, कमाण्ड सेनापती प्रेम शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।साभार नेपालि रैबार