Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

सुब्बाकुना प्रहरी इन्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेत  सुब्बाकुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता  भएकाे छ  ।

कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर सुब्बाकुना प्रहरी इन्चार्ज  धामी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेका छन् ।

मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ बर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् । प्रहरीको कुटाईबाट हमालको मृत्यु भएको भन्दै प्रहरी इञ्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न गरेका हुन् ।