Loading... आजः २०८२ माघ १७, शुक्रबार

कर्णाली नदी किनारमा भेटियाे महिलाकाे शव

सुर्खेत – कर्णाली नदी किनारामा एक महिलाकाे शव फेला परेकाे छ । चामुण्डाबिन्द्रासैनि नगरपालिका ७ तार बजार नजिकै रहेकाे कर्णाली नदीको किनारमा महिलाकाे शव फेला परेकाे दैलेख प्रहरीले जनाएकाे छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

शव फेला परेकाे महिलाकाे अहिलेसम्म नामथर भने खुलेकाे छैन् । उनकाे अन्दाजी ३२ वर्ष उमेर रहेकाे प्रहरीले जनाएकाे छ । नदीमा हेलिएकी हुन् वा हत्या भएकाे भन्ने बुझ्न प्रहरीले अनुसन्धान शुरु गरेकाे छ । अहिले प्रहरी घटनास्थलमा रहेकाे र अछाम र दैलेखका विभिन्न ठाउँमा रहेका प्रहरी चाैकीलाई महिलाबारे बुझ्न पठाइएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।साभार नेपाली रैबार