ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लिदा एट्लेटिको पछ्याउँदै
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।









परिवर्तन संवाददाता
२३ फाल्गुन २०७८, सोमबार १६:३८