Loading... आजः २०८१ फाल्गुन २४, शनिबार

पञ्चपुरीका एकसय किशोरीलाई आत्मरक्षा तालिम

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका–६ किशोरीहरूलाई आत्मरक्षा सम्बन्धि एक दिने तालिम दिइएको छ । बुधबार वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका विभिन्न विद्यालयका करिब एकसय भन्दा धेरैलाई आत्मरक्षाको तालिम दिइएको हो ।

                                                            
वडा अध्यक्ष खड्कबहादुर थापाले तालिममा किशोरीहरुलाई आईपर्ने कुनै पनि समस्याहरूको कसरि आत्मरक्षा गर्ने जस्ता विषयबस्तुमा प्रयोगात्मक र व्यावहारिक ज्ञान दिइएको बताए ।

यस्तै, अध्यक्ष थापाले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई रहेको छ ।