गठबन्धनको सम्भावना नकार्न सकिँदैन : महत

नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन्।
प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गरे।
प्रवक्ता महतले भने, ‘पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो। बढी सिट जित्नका लागि निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न सकिदैन।’
पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्यक्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। गठबन्धन गर्ने दलहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने बताए।
एमसिसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसिसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।







परिवर्तन संवाददाता
६ चैत्र २०७८, आईतवार ०८:४०