Loading... आजः २०८३ बैशाख ७, सोमबार

बाँधले डुवानमा पार्ने रुख काट्न थालियो

दैलेख –माथल्लिो कर्णाली जलवद्यिुत् आयोजनाले बाँध निर्माण गर्दा डुवानमा पर्ने जंगल क्षेत्रका रुखहरु कटान सुरु भएको छ । आयोजनाले दैलेख र अछामका ५ वटा सामुदायिक वनका करिब १० हजार रूख कटान गर्न थालेको हो । जसका लागि दुवै जिल्लाका वन डिभिजन कार्यालयहरूले छपान तथा कटान स्वीकृती दिइसकेका छन्  ।

डुवान प्रभावति क्षेत्र अछामको तुर्माखाँद गाउँपालिका–३ स्थति थालपाटा सामुदायिक वनमा २ हजार ७ सय ५ रूख कटान सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार असारघाट सामुदायिक वनका ६४ रूख २ वर्षअघि नै कटान गरिएको थियो ।

सल्लेरी सामुदायिक वनका ७ हजार २ सय ५२ रूख कटाका लागि टाँचा छपान सुरु गरिसकिएको आयोजनाका वन परामर्शदाता भुवनराज ओझाले बताए । उनका अनुसार रूख कटान गर्दा आइपर्ने खर्च स्थानीय सामुदायकि वनलाई प्रतीक्युफिट फिट २ सय १० रुपैयाँका दरले भुक्तानी गरिएको छ ।

त्यसपपछि सामुदायिक वनले कार्यविधीअनुसार उपभोक्तालाई बेच्ने वा लिलाम गर्ने भन्नेबारे नर्णिय गर्ने डिभिजन वन कार्यालय दैलेखका प्रमुख टेकबहादुर रावलले बताए । आयोजनाको तुइनकुनामा निर्माण हुने २३ मिटर उचाइको बाँधले ८ किलोमिटर लम्बाइको तलाउ निर्माण हुनेछ । नेपाली रैबार बाट