एमालेमा प्रवेश गर्ने भएपछि माओवादीले निलम्बन गर्यो ठम्बरबहादुर विष्टलाई

काठमाडौं – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभा सांसद तथा माओवादी नेता ठम्बरबहादुर विष्टलाई निलम्बन गरेको छ। पार्टीको निर्देशन विपरित कार्य गरेको भन्दै नेता विष्टलाई निष्कासन गरिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले जानकारी दिए। उनलाई राजीनामा फिर्ता लिएर नियमित काममा फर्किन माओवादी केन्द्रले यस अघि नै निर्देशन दिएको थियो। प्रमुख सचेतक विष्टले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए। उनी आज एमालेमा प्रवेश गर्दैछन्। उनलाई एमालेमा भित्र्याउन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कर्णाली प्रदेशको राजधानी सुर्खेत आउने छन्।







परिवर्तन संवाददाता
६ चैत्र २०७८, आईतवार १४:४९