Loading... आजः २०८३ बैशाख ५, शनिबार

कर्णालीको पूर्वाधार विकासमा स्वीस सरकारको चासो

सुर्खेत- कर्णाली  प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले चासो व्यक्त गरेका छन् । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासबारे उनले चासो राखेका हुन ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जोन हडाबीचको भेटमा क्याप्लरले कर्णालीको पूर्वाधार विकासमा विशेष चासो व्यक्त गरेका  हुन् । मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्वीस राजदूत र मुख्यमन्त्री शाही सहित भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल भएको छ।

राताेपाटि बाट