आज ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात कार्यालयका सबै सेवा बन्द
काठमाडौं – यातायात व्यवस्था विभागले बुधबार (आज) बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ।
विभागले सूचना जारी गरी सर्भरहरूको विद्युत् आपूर्ति प्रणालीको युपिएस परिवर्तन गर्नुपर्ने भएकाले सबै सेवा बन्द गरेको जनाएको छ।
बिहान ६ बजेपछि सेवा पुन: सञ्चालन हुने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए। विभागले यसअघि सूचना जारी गरी अनिश्चितकालका लागि कार्यालयकाा सबै सेवा बन्द गर्ने बताएकाे थियाे। पछि फेरि विभागले सूचना सच्याएर ६ बजेसम्मका लागि कायम गरेको हो।







परिवर्तन संवाददाता
९ चैत्र २०७८, बुधबार १७:३७