सांसद गुप्तासहितका नेता-कार्यकर्ता एमाले प्रवेश
काठमाडौं – पूर्वमन्त्री तथा संघीय सांसद बृजेशकुमार गुप्तासहितका नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय एमाले प्रवेश गरेका छन्।







परिवर्तन संवाददाता
१४ चैत्र २०७८, सोमबार १७:३६