Loading... आजः २०८१ बैशाख ८, शनिबार

ट्रम्पको समर्थनमा ७ हजार सैनिकले लेखे खुला पत्र

वासिङटन : अमेरिकामा चुनावको चटारो चलिरहँदा झण्डै ७ हजार अमेरिकी सेनाले राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा खुला पत्र लेखेका छन् ।

उक्त खुला पत्रमा ६ सय ७४ जना सैनिकले हस्ताक्षर गरेका छन् । पछिल्लो समय मिडियामा ट्रपमाथि आधारहिन आरोप आएको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् । अपरिचित स्रोतबाट ट्रम्पमाथि मिडिया आक्रमण भएको उनीहरुको गुनासो छ । हालै ‘द एटलान्टिक’मा प्रकाशित रिपोर्ट समेत सैनिकहरुले उल्लेख गरेका छन् ।

‘राष्ट्रपति ट्रम्पलाई चिन्नेजान्ने जोकोहीलाई उनमा हाम्रो सेनाप्रति भएको प्रेम र श्रद्धा थाहा छ । त्यसैले हामी हरेक पुस्ताका सैनिकहरुले राष्ट्रपति ट्रम्पलाई हाम्रो समर्थन भएको प्रतिवद्धता व्यक्त गर्छौँ,’ खुला पत्रमा लेखिएको छ ।

साथै उनीहरुले द एटलान्टिकमा प्रकाशित आर्टिकल राष्ट्रलाई विभाजन गरेर चुनावमा जित्न नियोजित रुपमा प्रकाशित भएको भन्दै आरोप समेत लगाएका छन् । यस्तै ह्वाइट हाउसका केही अधिकारीहरुले ट्रम्पले फ्रान्स भ्रमणको क्रममा सैनिकहरुलाई हरुवा र शोषक भनेको कुरा पनि अस्वीकार गरेको जनाइएको छ ।

ट्रम्पले अमेरिकीहरुको सेवाको लागि समय समयमा आफ्नो अटल समर्थन दिएको खुला पत्रमा उल्लेख छ । साथै राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको भने पत्रमा आलोचना गरिएको छ । बाइडेनलाई सैनिकले ट्रम्पले भन्दा सेनालाई र अन्य कार्यक्रमलाई कमजोर बनाउने आरोप लगाएका छन् ।