Loading... आजः २०८१ श्रावण ८, मंगलवार

त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान

काठमाडाैं – आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार अमेरिका प्रस्थान गरेकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो। नेपाली टिम आज अमेरिका जाँदै छ। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले विदाई गरेको हो।

धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृंखला निकै महत्वपूर्ण रहेको बताउँदै कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आशावादी रहेको बताए।