नगर विकास विकास समितिबाट भाडामा लिएका जग्गाहरुकाे निगरानी गरीने
सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले नगर विकास विकास समितिबाट भाडामा लिएका जग्गाहरुकाे निगरानी गर्ने बताएकी छन् । मंगलबार प्रमुख ढकालले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गर्दै नगर विकासबाट भाडा लिएका जग्गाहरुमा एक व्यक्तिले सम्झाैता गर्ने र अरुलाई महंगाेमा भाडामा दिने प्रवृत्ति बढेकाले अब नियमन गर्ने बताएकी हुन् ।
पदभार ग्रहणपछि बाेल्दै ढकालले भनिन्, ‘नगर विकास समितिसँग सम्झौता भएका तर, बीचमा समितिसँग सम्झौता गरेका व्यक्तिले अन्य बाहिर पनि सम्झौता गरेर भाडा लिने गरेको गुनासो बढेको छ । त्यसको समस्या समाधनका लागि समितिले तत्काल छानविन गर्नेछ ।’
ढकालले निगरानीका लागि प्रक्रिया मिलाएर अगाडी बढ्न विभिन्न राजनीति दलकासँग परामर्श लिएर नगरवासीले खोजेको समयमा थाहा पाउँने गरेर अबको ६ महिनाभित्र समितिले आफ्नो सम्पत्तिको सबै विवरण सार्वजनिक गर्ने उल्लेख गरिन् ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीकाे नगरपालिका रहेकाले यहाँकाे विकासका लागि सम्पूर्ण राजनीतिक दलहरुसँगै सहकार्य र सल्लाहअनुसार अगाडी बढ्ने प्रतिवद्धता उनकाे छ । आम नागरिकको सहयोगसँगै गुरुयोजनालाई पालना गर्दै भविश्यमा नागरिकका लागि आय, आर्जन र नगरको सुन्दरतासँगै ध्यानमा राखेर नगरको विकासमा जोड् दिने ढकालकाे भनाई छ ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नेकपा (एमाले)का स्थायी कमिटि सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेलले नगर विकास समितिकाे सम्पत्तिलाई संरक्षण गर्ने दायित्व समिति अध्यक्ष एवम् नगर प्रमुखकै भएकाले गम्भीर भएर लाग्न सुझाव दिए । नेपाली रैबार बाट







परिवर्तन संवाददाता
१४ असार २०७९, मंगलवार १९:३१