Loading... आजः २०८३ बैशाख ८, मंगलवार

पहिरोमा पुरिएर जुम्लामा तीन जनाको मृत्यु

जुम्ला -जुम्लाको हिमा गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
वडा नं १ आचार्यलिही स्थिथित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर गएराति करिब साढे २ वजे अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्। शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।

उनीहरुको शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।