Loading... आजः २०८१ बैशाख २०, बिहीबार

कान्तिपुरकर्मी ज्योति कटुवाल केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा कान्तिपुरकर्मी ज्योति कटुवाल निर्वाचित भएकी छन् ।

दैलेख घर भएकी कटुवाल काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा प्रेस युनियनको केन्द्रिय सदस्यमा सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।