संसदबाट नागरिकता विधेयक पारित गरेर प्रतिबद्धता पुरा गरेको माओवादी अध्यक्ष प्रचण्ड को भनाई

काठमाण्डौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट नागरिकता विधेयक पारित गरेर आफ्नो प्रतिबद्धता पुरा गरेको बताएका छन्।
सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नागरिकता विधेयक पारित भएसँगै अब ६ सात लाख जनताले नागरिकता पाउने वातावरण बनेको बताएका हुन्।
प्रचण्डले भने, ‘मैले मधेश प्रदेशमा आएर केही महिना पहिला नागरिकता समस्या समाधान गर्ने विश्वास दिलाएका थिए। अहिले फेरि मधेश प्रदेशमा आउँदै गर्दा सम्पूर्ण जनता र युवालाई नागरिकताको समस्या समाधान गर्ने निर्णय गरेको छौँ। म बधाई भन्न चाहन्छु तथा शुभकामना भन्न चाहन्छु। यो खुसीको कुरा हो। माओवादी केन्द्रले गरेको प्रतिबद्धता हिजोबाट पुरा गरेको छ। यो सन्देश घरघर टोल टोलमा पुर्याउनुहोला।’
समस्याको समाधान गर्ने पार्टी माओवादी नै भएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा समेत स्थापित गरेको बताए। आगामी मंसिर पहिलो साता हुने निर्वाचनमा तराई मधेशमा माओवादीलाई एक नम्बर पार्टी बनाउन पहल गर्न आग्रह गरे।
उनले भारत भ्रमणमा नेपाली जनताको समृद्धि र विकासको लागि छलफल भएको बताए। थाहा खबर बाट







परिवर्तन संवाददाता
७ श्रावण २०७९, शनिबार १७:३३