Loading... आजः २०८१ बैशाख १९, बुधबार

महँगी र भ्रष्टाचारविरुद्ध एमालेका जनसंगठनले वीरेन्द्रनगरमा प्रदर्शन गर्ने

सुर्खेत – जिल्लाको वीरेन्द्रनगरमा महागी र भ्रष्टाचारविरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा नेकपा (एमाले)ले साउन २८ गते विरोध प्रदर्शन गर्ने भएको छ। जनसंगठन संयन्त्रको बुधबार बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठकले भदौ १२ गते कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको भेला बोलाउने निर्णय गरेको छ। सोही दिन पार्टीको प्रदेशस्तरीय प्रशिक्षण पनि हुनेछ। जनसंगठन समन्वय संयन्त्रका संयोजक एवं पार्टीका प्रदेश कमिटी उपसचिव टेकराज पछाईको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष विनोदकुमार शाह र स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलले निर्देशनात्मक मन्तव्य दिएका थिए।

इञ्चार्ज कँडेलले जनसंगठनहरुमा सांगठनिक अराजकता बढेको भन्दै आफूखुसी संगठन चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताए। त्यस्तै, अध्यक्ष शाहले जनसंगठनहरु पार्टीको शक्ति एवं नेता उत्पादन गर्ने संयन्त्र रहेको भन्दै जनसंगठनलाई व्यवस्थित, अनुशासित र चलायमान बनाउने कुरामा ध्यान दिन आग्रह गरे। नेपाली रैबार बाट