Loading... आजः २०८१ बैशाख २०, बिहीबार

संसदमा आज संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पेश हुने

काठमाडौं – सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेखेकी छन्,  ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

क्यान्सर पीडित गिरीको अवस्था बुझ्न राष्ट्रपति भण्डारी हिजो मेडिसिटी अस्पताल पुगेकी थिइन्। क्यान्सर पीडित गिरीको गएराति निधन भएको हो। उनको आजै अन्त्येष्टि गरिने भएको छ।