Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाण्डौ – संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर भएको छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित रहेको अधिवक्ता अर्यालको दावी छ । उहाँको निवेदन दर्ताकै क्रममा छ ।

हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ को ९पहिलो संशोधन० अध्यादेश २०७७ जारी गर्नुभएको थियो । अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ ।