Loading... आजः २०८१ जेष्ठ ४, शुक्रबार

एमाले दैलेख क्षेत्र नं‍ १ बाट प्रतिनिधि सभा का लागि तीन जनाको नाम सिफारिस

 

सुर्खेत – नेकपा एमाले दैलेख क्षेत्र नं।–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । जस्अन्तर्गत एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, केन्द्रीय सदस्य धर्मराज रेग्मी र रेखा थापा रहेका छन् ।

तीन जनामध्ये रेग्मी र शर्मा नै बलिया सम्भावित उम्मेदवार हुन् । ०७४ मा प्रतिनिधि सभा चुनाव जितेका शर्माको विकल्पमा पूर्व माओवादी नेता रेग्मीको दाबेदारीपछि टिकट कसको हातमा आउँछ भन्ने चासोका साथ हेरिएको छ ।

रेग्मीले ०७४ मा प्रदेश सभा क मा माओवादीबाट प्रत्यक्ष चुनाव जितेका थिए । उनी कर्णाली प्रदेश सभामा नेकपा विभाजन भएपनि एमालेतर्फ लागेका थिए । रेग्मी बौद्धिक छवि भएका नेता हुन् भने उनी एमालेको केन्द्रीय कानुन विभागको उपप्रमुख समेत हुन् ।०७४ मा उनी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि माओवादी त्यागेर एमालेमै रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने एमालेसँग बाध्यता छ ।

रेग्मीले पनि माओवादी त्यागेर आएको र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट भएका कारण उनको सम्भावना बढी रहेको एमाले नेताहरूको बुझाई छ । शर्मा पनि जिल्लामा बलियो नै छन् । उनले ०७४ मा २३ हजार ७७३ मत प्राप्त गरेका थिए । कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । राताेपाटी बाट