Loading... आजः २०८३ बैशाख ६, आईतवार

रवीन्द्र मिश्र बने राप्रपा वरिष्ठ उपाध्यक्ष

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्रको वरिष्ठ उपाध्यक्ष बनेका छन्।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तीवाचन गर्नुका साथै शंख घण्ट बजाइएको थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पद लिएर मिश्र राप्रपामा प्रवेश गरेका हुन्। यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए।

मिश्र आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन्।