ओलीले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरे ; अध्यक्ष नेपाल

सुर्खेत – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हु्न् ।
गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् ।
अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए ।
अध्यक्ष नेपालले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गरे ।







परिवर्तन संवाददाता
६ कार्तिक २०७९, आईतवार १६:५५