समाजसेवी मानेन्द्र को अर्को सहयोग , तिहारको अवसरमा वितरण

दैलेख – नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्ने मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो र आगलागी पीडितहरुलार्इ पठाएको राहत सामाग्री वितरण गरिएको छ ।
वडा नंम्बर ६ सल्लेरीमा वर्षातको समयमा गएको बाढीपहिरो पीडितहरुका लागी केहि सहयोग पुर्याउने उद्देश्यले समाजसेवी मानेन्द्र चन्द को आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हरि राना , गगन थापा , नेकपा ९ माओवादी केन्द्र ० का नेतृ टिका रावल , नेकपा ९ एकीकृत समाजवादी का नेता हरि थापा , भोजबिर थापा ,अशोक थापा लगायतको उपस्थितीमा वडा नंम्बर ५ का अध्यक्ष कृष्ण सलामी ले वितरण गरेका छन ।
पीडितहरुलाइ खाद्य सामाग्री वितरण गर्दै, विदेशमा रहे पनि आफ्नो गाउँघरमा अप्ठ्यारो पर्दा सधैं खुलेर सहयोग गर्ने समाजसेवी मानेन्द्र चन्दको अध्यक्ष सलामीले उच्च प्रसंशा समेत गरेका थिए ।
समाजसेवी मानेन्द्र चन्द कै सहयोगमा दशैं अगाडि पनि राहत वितरण गरिएको थियो।
चन्दले क्यान्सर पिडित बल बहादुर नेपाली को खुट्टाको उपचार र नौमूले ५ कै मृगौला पिडित अम्मर सलामीलाई नगद रु १० हजार को दरले आर्थिक सहयोग प्रदान गरेको वडा अध्यक्ष सलामी ले बताए।
यस अघि कोरोना महामारीको समयमा समाजसेवी मानेन्द्र चन्दले स्वास्थ्य सामाग्री लगायत नौमुले गाउँपालिका भित्रका अति विपन्न असहायहरुलाई सहयोग गर्दै आईरहेका छन ।







परिवर्तन संवाददाता
८ कार्तिक २०७९, मंगलवार २०:२१