Loading... आजः २०८२ मंसिर १, आईतवार

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,नतिजा केहिबेरमै आउने

काठमाडौं – उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो।आज भएको उपराष्ट्रपति निर्वाचनमा संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसद गरि कुल ८२९ सांसदहरुले मतदान गरेका छन्।

उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ। निर्वाचनमा राप्रपा र नेमकिपा सहभागी भएन।