Loading... आजः २०८१ आश्विन २८, सोमबार

संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्नेछु ; नवनिर्वाचित उपराष्ट्रपति यादव

 

काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन । शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए ।

शुक्रबार९आज० उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुुन। उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए।

उहाँले आफू संविधान, ऐन र कानुन बमोजिम काम गर्ने बताए । उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार बमोजिम इमानदारीपूर्वक जनताको हितमा काम गर्ने उनको भनाइ छ।

शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने पनि उहाँको प्रतिबद्धता थियो ।

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरूप्रति धन्यवाद ब्यक्त गरेका थिय ।