शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ ।
मंगलबार संसद भवनमा नेकपा एकीकृत समाजवादी०का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा ९एकीकृत समाजवादी०बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी हुनुहुन्थ्यो । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरुलाई समाधान गर्नेगरी अघि बढ्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले शिक्षामा प्रतिष्पर्धा कसरी गराउन सकिन्छ रु भन्नेबारेमा आफूले कम गर्ने बताउनुभयो । उहाँले शिक्षालाई पहिलो रोजाईको बनाउने गरी काम गर्ने बताउनुभयो ।
थापाको प्रस्तावकमा नेकपा ९माओवादी केन्द्र० का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहनुभएको छ । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ । ईमेजखबर बाट







परिवर्तन संवाददाता
६ चैत्र २०८०, मंगलवार १८:१३