Loading... आजः २०८१ बैशाख ११, मंगलवार

वीरेन्द्रनगरको पिपिराबाट गाँजासहित तीनजना पक्राउ

सुर्खेत –  सुर्खेत प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–११ पिपिराबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ बस्ने वर्ष १७ का टेकबहादुर वली, सोही ठाउँ बस्ने वर्ष १६ का किरण मगर र वर्ष १५ का रमेश रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनीहरुको साथबाट ७ पोका गाँजा, १० ट्याब्लेट प्रिगा र १० ट्याब्लेट कफ्डी (नसाको रुपमा प्रयोग हुने औषधी) फेला पारेर बरामद गरेको प्रहरीले जनाएको छ ।